यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, पुस ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।
हाल मौसमको अवस्था
हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको छ ।
२०७८ पौष ४ गते (आइतबार)
दिउँसो
देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ पौष ५ गते (सोमबार)
दिउँसो
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
देशभरी आंशिक देखि सामान्य बदली रहनेछ ।
२०७८ पौष ६ गते (मंगलबार)
दिउँसो
प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
राती
प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।