आज मंसिर २० गते शनिबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ ।
हालको मौसमको अवस्था
हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
दिउँसो
देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राती
प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।