आज मंसिर ५ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था
हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भाग मा मौसम सामान्यता सफा रहेको छ ।
दिउँसो
देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।