\
खेलकुद

प्रथम इन्डो नेपाल जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न, कौशल स्कुललाई सर्बाधिक १२ पदक

नेपाल र भारतका कुल १३ बिधालयका तेक्वान्दो खेलाडीहरु सम्मीलित प्रथम जेसिज स्कुल इन्डो नेपाल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।यही भाद्र ४ देखी  सँचालनमा रहेको उक्त कार्यक्रम भाद्र ७ गते सम्पन्न भएको थियो । 

जेसिज स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ६ स्वर्ण सहित बिजेश्वोरी स्कुल प्रथम, ४ स्वर्ण सहित बर्ह्न्हाट स्कुल द्वितीय, ४ स्वर्ण सहित आयोजक जेसिज स्कुल तृतीय र २ स्वर्ण सहित कौशल स्कुल चतुर्थ हुन सफल भएका हुन ।

प्रतियोगिता भरी अनुशासित रहि आफ्नो कला प्रस्तुत गरेका कौशल स्कुलका खेलाडीहरुले फेयर प्ले अवार्ड समेत हात पारेका छन । ५ रजत र ५ कास्य समेत आफ्नो पोल्टामा पार्न सफल कौशल स्कुल कुल १२ पदक सहित समग्र पदकमा अग्रस्थानमा रह्यो।

युबा तथा खेलकुद मन्त्री दलजित बिश्वकर्मा श्रीपालीको प्रमुख आतिथ्य तथा नेपाल तेक्वान्दो एसोसिएसनका अध्यक्ष प्रकाश शमशेर राणा को विशेष आतिथ्यमा सम्पन्न भएको समापन समारोहमा बिजेता खेलाडी तथा पदाधिकारी हरुलाइ प्रमाणपत्र तथा अवार्ड हस्तान्तरण गरिएको थियो ।

कौशल स्कुलका इन्चार्ज तथा टिम ब्यबस्थापक जीवन दवाडी लाई अबार्ड हस्तान्तरण गरिएको सो अबसरमा बिधालयका प्रधानाध्यापक शिव अर्याललाई मायाको चिनो प्रदान गरिएको थियो। “हामिले अपेक्षा अनुसार खेल्न नसक्दा धेरै स्वर्ण जित्न सकेनौ तर समग्र प्रदर्शनबाट भने संतुष्ट छु”, कौशल स्कुलका खेलकुद शिक्षक राजकुमार ठकुरीको भनाइ थियो।

Leave a Reply