\
खेलकुद

भब्य भयो रियो ओलम्पिक समापन

सन् २०२० को टोकियो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलमा जारी ३१ औं संस्करणको रियो ओलम्पिक २०१६ सम्पन्न भएको छ।

नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीच कार्यक्रम समापन भएको हो।

भारी वर्षाका कारण केही फितलो देखिएको समापन समारोह मकाराना रंगशालामा भएको थियो।

निकै संघर्षकाबीच समापन आयोजना गर्नुपरेको आयोज राष्ट्र ब्राजिलले बताएको छ।

समापन समारोहमा पनि ओलम्पिक राष्ट्रका खेलाडीहरु सहभागी थिए।

समापनमा २०७ राष्ट्रकै प्रतिनिधित्व हुने गरी ब्राजिलको कला संस्कृति र झाँकी समावेश गरिएको थियो।
rio 2016

Leave a Reply