\
खेलकुद

नेपालले सातौँ विकेट गुमायो, दीपेन्द्र सिंह ऐरी २९ रनमा आउट

काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा सातौँ विकेट गुमाएको छ । ४१ दशमलव १ ओभरमा १९४ रन बनाउँदा नेपालले सातौँ विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले सातौँ विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रले २५ बलमा २९ रन जोड्दै भारतका हार्दिक पाण्डेयको बलमा आउट भएका हुन् ।

Leave a Reply