दक्षिण अफ्रिका सँग अस्ट्रेलिया ६ विकेटले पराजित
एजेन्सी, २९ फागुन, । बलर कागिसो राबाडाको उत्कृष्ट बलिङप्रेरित दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले ४ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ ।
अस्ट्रेलिया दोस्रो इनिङमा २ सय ३९ रनमा सिमित भएको थियो । १ सय ४० रनको लक्ष्य दक्षिण अफ्रिकाले २२.५ ओभरमा ४ विकेटको क्षतीमा पूरा ग¥यो ।
दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले २८ र हसिम अमलाले २८ रन जोडे । २८ बल खेलेका डी भिलियर्सले ४ चौका र १ छक्का प्रहार गर्दा ४२ बल सामना गरेका अमलाले ३ चौका प्रहार गरे । अस्ट्रेलियाका स्पिनर नाथान लियोनले २, प्याट कमिङस् र जस हाज्लेउडले एक–एक विकेट लिए ।