\
खेलकुदराष्ट्रिय समाचार

तिलोत्तमा गोल्डकप आजदेखि सुरु

२४ फागुन, बुटवल । मोफसलको प्रतिष्ठित तिलोत्तमा गोल्डकप बिहीबारदेखि शुरु हुँदैछ ।

उक्त प्रतियोगिताको पहिलो खेल बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा दिउँसो ३ बजे आयोजक रुपन्देही–११ र सुदूरपश्चिम–११ वीच हुनेछ ।

प्रतियोगितामा नेपालका शीर्ष १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७७७ र उपविजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।

Leave a Reply