एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका सिंह पर्न सफल भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया
नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा पर्न सफल गौरिका सिंह र प्रकाश कोइरालालाई बधाई दिएका छन्। थापाले एक स्टाटस लेख्दै भनेका छन्, “‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा पर्न सफल हुनु भएकोमा गौरिका सिंह र प्रकाश कोइरालालाई बधाई। यहाँहरूले आफू जस्ता लाखौँ युवालाई निडर भएर सपना देख्न प्रत्साहन गर्नु भएको छ। आ-आफ्नो क्षेत्रमा यहाँहरूले पुर्याउनु भएको योगदानका लागि।”
चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।