मूत्रनलीको संक्रमण हुनुका कारणहरु
एजेन्सी, पिसाबको संक्रमण हरेक मानिसले भोगेको समस्या हो । पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा अत्यन्तै पीडा हुने यो संक्रमण महिला र पुरुष दुवैलाई हुन्छ । यौनाङ्गको विशेष हेरचाह र सरसफाईमा ध्यान नदिँदा धेरैजसो यो समस्या हुने गर्छ । मासिक श्राव, गर्भावस्था, असुरक्षित यौनसम्पर्क आदिका कारण यो समस्या देखा पर्ने गर्छ ।
कारण
ब्लाडर सुन्निनु
मृगौलाको पथ्थरी
शरीरमा पानीको मात्रा कम हुनु
कलेजोको समस्या
करङको हड्डीमा चोट लाग्नु
पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा
संवेदनशील स्थानमा चोट लागेमा
दुर्गन्धित शौचालयको प्रयोग
धेरैबेरसम्म पिसाब रोकेमा
गुप्ताङ्गको राम्रोसित सफाई नगरे
मधुमेह