\
यौन जिज्ञासा

यस्तो रहेछ सुखी दाम्पत्य जीवनको रहस्य

सुखी दाम्पत्य जीवनका लागि दुवैको सहयोग नितान्त आवश्यक छ । आज हामीले महिलाको भावनालाई बुझ्न नसक्दा थुप्रै समस्याको भुमरीमा फस्दै गएका छौं । परिवार के चाहन्छन् यसतर्फ हाम्रो ध्यान पुग्न सके यो भन्दा ठूलो उपलब्धि केहि हुने छैन ।

सेक्स नै वैवाहिक जीवनको आधार स्तम्भ हो भन्ने कुरालाई पनि हामीले बिर्सन मिल्दैन । सेक्सले महिला र पुरुषलाई एउटा अटुट बन्धनमा मात्र बाँध्दैन, घर गृहस्थी सम्हाल्ने बारेमा र एकले अर्कालाई नजिकबाट चिन्न र नजिकको सम्बन्ध स्थापित गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

यसबाट तनावबाट मुक्ति पाउन त सहयोग पुग्छ नै अझ पारिवारिक दवावबाट मुक्ति मिल्छ र जीवनशक्ति प्राप्त हुनुको अलावा सुखद अनुभूति समेत प्राप्त हुन्छ । सेक्स दाम्पत्य जीवनको एक गति नै भएको कारणले पनि वृद्धावस्थामा यौनाङ्गहरु सीमित र कमजोर हुने भएता पनि मानिसको सेक्स चाहनामा कुनै फरक गर्दैन ।

वृद्धावस्थामा पनि सेक्स चाहना त्यस्तै हुने गर्दछ, जसरी स्वादिष्ट भोजनप्रति मानवीय आकर्षण सदा जीवित हुन्छ । वृद्धावस्थामा जसरी काम गर्ने, दौड्ने र परिश्रम गर्ने शक्ति घट्दै जान्छ, त्यसैगरी सेक्स क्षमतामा कमी त पक्कै आउँछ तर वृद्धावस्थामा सेक्सबाट प्राप्त हुने आनन्दमा भने कुनै कमी आउँदैन र त्यस्तो आनन्द एउटा युवा जोडिले प्राप्त गर्ने आनन्दभन्दा झनै बढी हुन सक्छ ।

तर सहवासप्रतिको आकर्षण एकजना वृद्धमा पनि युवक जतिकै हुन्छ र कतिपय दम्पतीहरुले यस्ता परिस्थिति जन्य समस्याहरुको समाधान खोजेर सेक्सबाट आनन्द लिन भने पर्दछ । सेक्स शक्तिमा कमी नै आए पनि जब सेक्स चाहना उत्पन्न हुन्छ र सेक्स सम्पर्क हुन्छ त्यसबाट प्राप्त हुने आनन्दमा भने कदापि कमी आउँदैन ।

सेक्स मानिसको लागि खाना जतिकै आवश्यक विषय हो भन्ने बुझ्ने कुनै पनि व्यक्तिले के कुरामा ध्यान दिनुपर्छ भने जसरी खानाको स्वाद हरेक उमेरको मानिसको लागि उस्तै हुन्छ त्यस्तै सेक्स पनि युवक, प्रौढ र बृद्धको लागि बराबर आनन्ददायक हुन्छ ।

सफल परिवार त्यसलाई भन्दछन् जस्को साहेताले जीवन सफल हुन सक्छ । पुरूषको सफलतामा सवैभन्दा ठूलो हात महिलाको हुन्छ । महिलाको इच्छा आकांक्षालाई बिरसनु हुदैन । उनिहरुको चाहनालाई लत्याउदा हामीले सुख्ख होइन दुख्खको सामना गर्नुपर्ने हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply