\
विज्ञान-जिज्ञासा

प्याज काट्दा किन आँशु आउँछ ?

प्याज काट्दा जस्तै अरुको कुरा काट्दा आँखामा आँशु आउने भए, प्राय मानिसहरु रोइरहेको अवस्थामा भेटिन्थे होला । आँखा शरीरको अति संवेदनशील र कोमल अङ्ग हो । यसलाई धुलो, कित र अन्य बाहिरी खतराबाट बचाउनका लागि अश्रु गन्थ्रले ठुलो भूमिका खेलेको हुन्छ । अश्रु गन्थ्रीले आँशु निकाली आँखामा परेको फाहोरमैला र अन्य कसिङ्रलाई समेत सफा गर्न र आँखालाई सुरक्षित राख्नमा मद्दत गर्दछ । आँखालाई सुख्ख हुन नदिन निरन्तर आँसु निस्किरहेको हुन्छ । यसरी आँशु निकाली त्यस बाहिरी वस्तुलाई चाँडो चाँडो पखालेर पढाउनु आँखा झिम्काउनुको कारण हो ।

एक पटक सोच्नुहोस् त प्याज काट्दा किन आँशु आउछ ? धेरैजसो गृहिणीलाई यो समस्याले पिरोल्छ । तपाईलाई पनि भान्सामा काम गर्दा यो समस्याको सताउने गर्दछ । प्याजभित्र “Thayopropelin Sulphur Oxide”  नामक रसायन हुन्छ । जब हामी प्याज काट्छौ तब त्यहा बाट यो रसायन निस्किइ हावामा मिसिन्छ। हावाको माध्यमबाट यो हाम्रो आँखामा पुग्छ र यसले आँखामा जलन पैदा गरी आँखालाई पिरो पार्छ। यसै कारणले प्याज काट्दा हाम्रो आँखा पोल्छ र आँखाबाट आँशु आउछ। यदि तपाईलाई प्याज काट्दा आँशु आउने समस्या छ भने यसको समाधानको सुत्र पनि सजिलो छ । चलाख गृहिनीले प्याजलाई पानीमा डुवाएर काट्ने गर्छन । प्याज पानीमा डुवाउनाले Thayopropelin Sulphur Oxide  पानीमा धुल्छ र त्यसले गर्दा प्याज काट्दा हाम्रो आँखाबाट आँशु आउँदैन ।

आँशु आउनबाट बच्ने सुत्रहरु

यदि तपाईलाई प्याज काट्दा आँशु आउने समस्या छ भने यसको समाधानको सुत्रहरु पनि सजिलो छ ।

  • चलाख गृहिनीले प्याजलाई पानीमा डुवाएर काट्ने गर्छन । प्याज पानीमा डुवाउनाले Thayopropelin Sulphur Oxide  पानीमा धुल्छ र त्यसले गर्दा प्याज काट्दा हाम्रो आँखाबाट आँशु आउँदैन ।
  • काट्नुभन्दा केही घण्टा अगाडि प्याँजलाई फ्रीजमा राख्नुहोस्। यसले गर्दा प्याँजमा भएका इन्जाइमहरू जम्दछन् र सल्फेनिक एसिडसँग मिस्सिन पाउँदैनन्।
  • प्याँज काट्ने बेला चस्मा लगाउनु सबैभन्दा राम्रो उपाय हुन्छ, जसले गर्दा त्यसबाट निस्केको ग्याँस तपाईँको आँखासम्म पुग्न पाउँदैन र आँशु आउनबाट बच्न सकिन्छ।
  • काट्ने ठाउँको छेउछाउमा मैनबत्ती बाल्दा प्याँजबाट निस्केको रसायन त्यसको आगोतर्फ आकर्षित हुने गर्दछ र तपाईँको आँखासम्म पुग्न पाउँदैन। तर नजिकै मैनबत्ती बाल्दा सावधानी अपनाउनुहोस्।
  • प्याँजलाई काट्दा सुरुमा त्यसको जरालाई काटेर फालिदिनुहोस्, किनभने प्याँजको जरामा धेरै मात्रा सल्फेनिक एसिड हुने गर्दछ र काटेपछि इन्जाइम र सल्फेनिक एसिडको मिश्रणमा कमी हुन जान्छ। जसले गर्दा प्रोपेनथायोल एस-अक्साइड ग्याँस निस्कने मात्रामा पनि कमी हुन्छ।
  • प्याँजलाई पकाउँदा पनि त्यसबाट निस्कने ग्याँस हराएर जान्छ। त्यसैले प्याँज काटिसकेपछि, छिटोभन्दा छिटो पकाउन सुरु गरिहाल्नुहोस्।
  • प्याँज काट्ने ठाउँको छेउछाउमा पङ्खा चलिरहेको छ भने त्यसलाई बन्द गर्नुहोस्। पङ्खाबाट निस्केको हावाले प्याँजबाट निस्केको रसायनलाई झन् बढी सञ्चार गर्न मद्दत गर्छ र आँखामा पर्ने सम्भावना बढी हुन्छ।

धेरै महत्वपूर्ण ध्यान दिनुपर्ने कुरा

तपाईँले प्याँज काट्नुभयो र काटेको प्याँज आजको तरकारीको लागि धेरै हुन गयो। अब त्यो बाँकी रहेको प्याँजलाई के गर्नुहुन्छ? फालिदिनुहुन्छ, या अर्को दिनको लागि बाँकी राख्नुहुन्छ?  काटेको प्याँजबाट सल्फर ग्याँसको अक्साइड उत्पादन हुन्छ र उक्त ग्याँसमा ब्याक्टेरियाहरू आकर्षित हुने गर्दछन्, जसले गर्दा प्याँजमा भएको स्वस्थ पदार्थलाई नोक्सान पुर्याउँदछ। त्यसैले एकचोटी काटेर राखेको प्याँजको टुक्रालाई त्यतिबेला नै प्रयोग गर्दा उचित हुन्छ। बासी प्याँज स्वास्थ्यको लागि हानीकारक हुन्छ।

यो पनि पढ्नुहोस् 

जुनकिरीले अध्यारोमा कसरी उज्यालो दिन्छ ?

Leave a Reply