\
मुख्य समाचारराजनीति

अर्थमन्त्रीको व्यंग्य गर्दै गगन थापाले भने, “अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढेको रहेछ”

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले अर्थमन्त्री युवराज खतिवडालाई व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको बताएका छन् ।

अर्थमन्त्रीले ५ दिनभित्र कर तिर्न समय तोकेपछि नेता थापाले एक स्टाटस लेख्दै भनेका छन्, “अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !! अनि कर तिर्ने कार्यालयमा लाइनमा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ!! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!”

Leave a Reply