प्रधानमन्त्रीलाई नेकपाकै सांसदको कडा प्रश्न: जस्केलाबाट एमसीसी पास गर्न खोजेको त होइन ?
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । प्रधानमन्त्री ओलीलेलप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरुले एमसीसी परियोजनामा उल्लेख भएको आयोजनालाई नीति तथा कार्यक्रममा ल्याएर जस्केलाबाट एसीसी पास गर्न खोजेको त होइन भन्ने प्रश्न गरेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘जस्केलाबाट होइन, मुलबाटो बनाइन्छ । एमसीसीले बनाए एमसीसीले बनाउँछु, एमसीसीले नबनाए अरुले बनाउँछु । नभए सरकार आफैंले पनि बनाउँछ ।’