\
राजनीतिहेडलाइन

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

४ जेठ, काठमाडौं । नेपाल सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज आइतबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको हो । भोली सोमबार जेठ ५ गतेदेखि लकडाउनको अवधि समाप्त हुँदैछ ।

यसअघि आज आइतबार बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेर लकडाउन १५ दिन थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । आइतबार लकडाउनको ५५ औं दिन पुगेतापनि कोरोना संक्रमण झन् बढिरहेको छ ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

Leave a Reply