यो सरकार परिवर्तनको समय होइन : सांसद सिलवाल
१८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले यो समय सरकार परिवर्तनको नभएको बताएका छन् । आज सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।
साथै उनले भनेका छन्, ”जनताको पपुलर म्याण्डेट पाएर सुदृढ़ र स्थाई सरकार गठन गर्न सफल नेकपा र आन्दोलनलाई समाप्त पार्न एवं एकीकृत पार्टीलाई छिन्नविन्न पार्न देशी विदेशी शक्तिहरू क्रियाशील रहेको पनि बताएका छन् ।
साथै यो घडिमा सचिवालयका हाम्रा नेताहरूले सुझवुझपूर्ण संबाद मार्फ़त समाधान निकाल्नु पर्नेछ पनि भनेका छन् । यो सरकार परिवर्तनको समय नभएकोले गर्दा अहिले कोरोना विरूद्धको लडाईमा पार्टी, सरकार र मुलुक एक भएर जुट्नु पर्ने समय भएको पनि बताएका छन् ।
यो पनि पढ्नुहोस्
अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई