विपन्नहरु चाउचाउको भरमा, सरकार आफै अन्योलमा

नेपालमा के मात्र हुँदैन भनेर धेरै उदाहरण दिनुपर्छ जस्तो लाग्दैन । एकचोटी, दुईचोटी मात्र होइन बारम्बार यस्तो भइरहन्छ उदाहरणको लागि केहि दिन अगाडी सरकारले गरेको निर्णयलाई हेर्दा नै काफी छ । कतिसम्म भने लकडाउनका कारण नेपाली जनताहरु राजधानीमा खान, बस्नलाई नपाइरहेको समयमा सरकारले २८ गते शुक्रवार र २९ गते शनिवार राजधानीवाट बाहिर जान दिने भन्दै निर्णय गर्यो । उक्त निर्णयले नेपाली जनतामा निकै ठुलो खुसीयाली छायो तर त्यो खुसी धेरै समय टिक्न सकेन, टिक्यो त केवल मात्र डेढ घण्टा । सरकारले उक्त निर्णय गरेपछि मजदुरहरु आफ्नो गाउँ जानलाई खुसी हुँदै तयार गर्दै गर्दा निर्णय सार्वजनिक भएको डेढ घण्टामै उक्त निर्णय रद्द गर्यो, त्यसपछि मजदुरहरुको मनोविज्ञानमा छायो त निराशा ।
आफ्नो गाउँ जानको लागि तयार भएका मजदुरहरु लगायत अन्य नेपालीमा सरकारको डेढ घण्टे निर्णयले गर्दा सबै निराशा पैदा भयो । कोरोना रोकथाम, तथा नियन्त्रण समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा २७ गते बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो तर उक्त निर्णयलाई मुख्यमन्त्रीहरु र केहि मन्त्रीहरुको असहमतिपछि उक्त निर्णय कार्यान्वयन हुन सकेन तर केवल सीमित भयो हल्लामा । हल्ला मात्र होइन उक्त खबरले नेपाली जनतामा धेरै निराशा पैदा गर्यो ।
उक्त निर्णय रद्द भएको केहि मिनेटमै संयोजक पोखरेलले शुक्रबार र शनिबार राजधानीवाट बाहिर जान दिने निर्णय नभएको बताए । तर उक्त निर्णय नभईकन निर्णय भएको समाचार कसरी बाहिर आयो भन्ने कुरामा सरकारले खासै ध्यान दिनेको छैन र अहिलेसम्म के कारणले गर्दा त्यस्तो भयो भन्ने पनि कसैलाई थाहा छैन । तर यसको जिम्मा भने सरकार स्वयंले लिनुपर्ने हुन्छ । यति ठुलो निर्णय मन्त्रिपरिषद्का सदस्यहरुले ख्याल नगर्दा र औपचारिक रुपमा निर्णय नभईकन बाहिर समाचार आउनुले सरकार जिम्मेवार नभएको बुझिन्छ ।
लकडाउनको प्रभाव
चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा अहिले विश्व नै तरंगित भएको छ । कोरोना भाइरसका कारणले केहि देशहरुमा लकडाउन लम्बिएको छ । नेपालमा पनि चैत ११ गते बिहान ६ बजेदेखि शुरु भएको लकडाउन १८ गतेसम्मको लागि गरिएको थियो तर उक्त समय नसकिदै सरकारले पुन: एक हप्ता थपेर २५ गतेसम्मको लागि थप्यो । साथै त्यसपछि पनि कोरोना संक्रमितका बिरामीहरुको संख्या बढ्दै गएपछि सरकारले पुन: एक हप्ता थपेर बैसाख ३ गतेसम्मको लागि लम्ब्याएको छ । यो लकडाउनको अवधि अझै बढ्ने संकेत देखिन्छ ।
यसरी लकडाउन लम्बिएसँगै नेपाली जनताहरुको दैनिकीमा भने धेरै प्रभाव परेको छ । राजधानीमा ज्याला मजदुरी गरेर बसेकाहरुलाई निकै कठिनाइ भएको छ । दिनभरी काम गरेर राती छाक टार्नेहरुको लागि यो लकडाउनले ठुलो समस्या उत्पन्न गराएको छ । त्यतिमात्र नभई आफ्नो परिवारलाई पाल्नको लागि राजधानीमा आएर काम गरिरहेका मजुदरहरुलाई पनि ठुलो समस्या भएको छ । काम गर्ने साइडमै बसेर काम गरेका मजदुरहरु रासन सकेपछि कठिनाइपूर्वक जीबनयापन गरिरहेका छन् ।
खानको लागि रासनपानी सकेपछि कतिपय मानिसहरु चाउचाउको भरमा दैनिकी बिताइरहेका छन् । कतिपय मानिसहरु राजधानीवाट हिडेर गाउँ पुगेका छन् भने कति चाउचाउ र चिउराको भरमा गाउँ जान थालेका छन् । यसरी समस्यामा परेका मजदुरहरुको समस्या भने जनप्रतिनिधिहरुले प्रयाप्त ध्यान दिन सकेका छैनन् । जनप्रतिनिधिहरु आफ्नो जनताको समस्या बुझ्नुपर्ने समयमा आफैं सुरक्षित बस्नको लागि कोहि जनप्रतिनिधि गाउँ छिरेका छन् भने कति राजधानीमै भएपनि वेवास्ता गरिरहेका छन् ।
राहतको नाममा कुहिएको चामल र नुन वितरण
कतिपय ठाउँहरुमा राहतको नाममा कुहिएको चामल र नुन वितरण गरिएको छ । लकडाउनको समयमा राहत वितरण गर्नको लागि केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले बजेट छुट्याइएको छ । बजेट अनुसारको राहत वितरण भने अहिलेसम्म भइरहेको देखिदैन । वितरण भएपनि कुहिएको चामल वितरण गरिरहेका छन् ।
राहतको नाममा अति न्यून चामल वितरण गरिएको छ । राजधानीमा पनि राहत वितरण त्यति प्रभावकारी देखिदैन । कुनै-कुनै ठाउँमा राहत वितरण भएपनि अन्य ठाउँमा राहत पुगेको देखिदैन तर मजदुरहरु भने राहत कहाँवाट पाउने भन्ने भन्ने आशामा बसिरहेका छन् ।
पर्यटन क्षेत्रमा लकडाउनको प्रभाव
लकडाउनका कारणले गर्दा नेपाली जनताहरुलाई मात्र नभई आर्थिक क्षेत्रमा पनि ठुलो प्रभाव परेको छ। नेपालको आर्थिकस्तर उकास्नको लागि ठुलो टेवा पर्यटन क्षेत्र पनि एक हो । पर्यटन क्षेत्रमा परेको प्रभावले गर्दा नेपालको आर्थिक स्तरमा ठुलो प्रभाव परेको छ । लकडाउनका कारणले गर्दा अहिले पर्यटन क्षेत्र पनि सुनसान देखिएको छ । सरकारले लकडाउन गरेपछि नेपाल आएका पर्यटकहरु पनि बिचल्लीमा परेका छन् । कतिपय पर्यटन क्षेत्रमा घुम्नको लागि गएका पर्यटकहरु लकडाउन भएपछि फर्किनको लागि समस्यामा परेका छन् भने कतिपय पर्यटकहरुलाई उद्दार गरिएको छ । नेपालमा मात्र नभई अन्य देशहरुमा पनि लकडाउनले ठुलो प्रभाव पारेको छ ।
कोरोनाको कारण विश्वरी अत्याधिक मानिसको मृत्यु
कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि १२ जनामा संक्रमण देखिएको छ । संक्रमित विरामीहरुमध्ये धेरै नेपालभन्दा विदेशवाट फर्किएका नेपालीहरु रहेका छन् । कतिपय भारतवाट फर्किएकाहरु छन् भने कति अन्य देशहरुवाट फर्केकाहरु छन् । ओल्ड़ोमिटर्स डट इन्फोका अनुसार कोरोनाको कारणले गर्दा अहिले (११ बजे नेपाली समय अनुसार) १ लाख १४ हजार २ सय ५७ जना मानिसको मृत्यु भइसकेको छ भने १८ लाख ५३ हजार ५ सय ५ जना मानिसहरु संक्रमित भई सकेका छन् ।
अन्त्यमा सरकार आफ्नै अपरिपक्क र अव्यावसायिक निर्णयले दिन-प्रतिदिन कमजोर हुदैछ । विपन्न मजदुरहरु चाउचाउको भरमा रात काटिरहेका छन् भने सरकार चाही के गर्ने भन्ने बारेमा आफै अन्योलमा छ । ११ गतेदेखि लकडाउन शुरु गर्नुभन्दा अघि सरोकारवालाहरुसँग प्रयाप्त गृहकार्य गरेर मात्र लकडाउन गरेको भए उचित हुन्थ्यो । दैनिक ज्यालादारी गरेर पेट पाल्ने र अन्य नेपालीहरुलाई घर फर्कन २ दिनजति समय दिएको भए सरकारको निर्णय परिपक्क र व्यावहारिक हुन्थ्यो । सरकारले बेलुकी निर्णय गर्ने अनि भोली बिहान ६ बजेदेखि लकडाउन भन्दा कति मानिसहरु घर नै जान पाएनन् ।
सरकार आफ्नै अपरिपक्क र अव्यावसायिक निर्णयले दिन-प्रतिदिन कमजोर हुदैछ । विपन्न मजदुरहरु चाउचाउको भरमा रात काटिरहेका छन् भने सरकार चाही के गर्ने भन्ने बारेमा आफै अन्योलमा छ ।
यो लकडाउनको समयमा सरकारले जति गर्नुपर्ने कर्तव्य गरेको देखिदैन । सरकारले कोरोना भाइरसको समयमा लकडाउन गर्नु सबैभन्दा राम्रो काम हो र यसलाई प्रभावकारिता दिनु त्यो भन्दा ठुलो चुनौती पनि रहेको छ । तर यो लकडाउनको समयमा नेपाली मजदुरहरुलाई कस्तो समस्या पर्छ र कसरी दैनिकी बिताईरहेका छन् भन्ने कुरा त्यति ध्यान दिएको देखिदैन ।
११ गतेदेखि लकडाउन शुरु गर्नुभन्दा अघि सरोकारवालाहरुसँग प्रयाप्त गृहकार्य गरेर मात्र लकडाउन गरेको भए उचित हुन्थ्यो । सरकारले बेलुकी निर्णय गर्ने अनि भोली बिहान ६ बजेदेखि लकडाउन भन्दा कति मानिसहरु घर नै जान पाएनन् ।
ज्याला मजदुरीहरुको अवस्था कस्तो छ र कसरी जीविकोपार्जन गरिरहेको छ भन्ने कुरामा सरकारले बुझेर उनीहरुको चूलो बाल्न सक्नुपर्छ । यसरी राजधानीमा बसोवास गरेका मजदुरहरुलाई राहत वितरण गर्नुपर्ने ठाउँमा, समयमा सरकार राहत वितरण गरेपनि त्यति प्रभावकारी भएको देखिदैन । राजधानीमा रहेका मजदुरहरुको समस्याहरुलाई नियालेर समस्या अनुसार राहत वितरण गर्नुपर्ने ठाउँमा सरकार क्रियाशील हुनु नितान्त जरुरी छ ।
*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।
यो पनि पढ्नुहोस्
राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित
कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार
कहिले आउला मेलम्चीको पानी काठमाडौँमा ?
कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर
प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै
हेर्दाको डाल देशको राजधनी, ढिडोको काल काठमाडौँ
के वाम गठवन्धनको सरकारले जनताको मन जित्ला त ?
वाइडबडी काण्ड : कारवाहीको लागि उपसमितिले सिफारिस गरेपनि ढिलासुस्ती किन ?