\
राजनीतिहेडलाइन

नेकपा स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बस्दै

४ मंसिर, काठमाडौं । नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताए ।

दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् ।

Leave a Reply