\
राजनीतिहेडलाइन

नेकपा स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय

मंसिर २९, काठमाडौँ । सत्तारूढ नेकपाले स्थायी समिति बैठकका लागि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपाको सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

सचिवालय बैठकले बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।

Leave a Reply