कास्की-२ मा विद्या भट्टराईको अग्रता कायमै
१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम गरिरहेकी छन् । भर्खरै प्राप्त परिणाम अनुसार विद्याले ११८३६ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ५८४६ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।