\
कर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशदेशबागमती प्रदेशमधेश प्रदेशराजनीतिलुम्विनी प्रदेशसुदूरपश्चिम प्रदेशहेडलाइन

नवनियुक्त सातै प्रदेशका प्रमुखद्वारा शपथ ग्रहण

१९ कात्तिक, काठमाडौं । नवनियुक्त सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराल, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनालगायत उपस्थित थिए ।

Leave a Reply