\
राजनीतिहेडलाइन

चिनियाँ राष्ट्रपति सी को भ्रमणका क्रममा सुपुर्दगी सन्धि नहुने

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् ।

उक्त छलफल कार्यक्रममा सीको भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

‘अरु छिमेकी देशहरु पनि छलफल भइरहेको छ । चीनसँग पनि हुन्छ । तर यही भ्रमणमा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराइयो’, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने ।

Leave a Reply