प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने कांग्रेस निर्णय
काठमाडौं, २९ असार– नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको छ ।
उक्त पार्टीको वुधवार विहान संसद भवनमा बसेको वैठकले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भएको भनिएको सातबुँदे सहमती अनुमोदन गरेको नेता रमेश लेखकले लोकान्तरलाई बताए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्षमा बैठक पुगेको उनले बताए । ‘प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लगायतका प्रक्रियामा सघाएर नयाँ सरकार गठनमा लाग्ने निर्णय भएको छ,’ उनले भने, ‘काँग्रेस सभापति देउवा र प्रचण्डबीच यसबीचमा भएका अन्य कैयौं समझधारीका विषयमा केन्द्रीय समितिलाई जानकारी गराउने निर्णय पनि भएको छ ।