\
मुख्य समाचारराजनीति

राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिए प्रचण्ड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै राष्ट्रपति पौडेललाई भेट्न निवर्तमान प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका थिए । राष्ट्रपति पौडेलसँग लगभग ८-१० मिनेट कुराकानी गरेर प्रचण्ड शीतलनिवासबाट बाहिरिएका हुन् ।

निवर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’ विश्वासको पद नपाएर पदमुक्त भएलगत्तै संघीय संसद भवन नयाँ वानेश्वरबाट राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोझै शीतल निवास पुगेका थिए ।

Leave a Reply