\
मुख्य समाचारराजनीति

कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

आफूले प्रतिनिधिसभाबाट विश्वासको मत मागेर रोष्ट्रममा जवाफ दिन आफ्नो धारणा राख्दा पनि काँग्रेसले नाराबाजी जारी राखेकोले प्रधानमन्त्री प्रचण्डले कांग्रेसप्रति आक्रोश प्रकट गरेका हुन् ।

प्रतिपक्षी दल काँग्रेसको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज बहुत गलत गर्नुभयो ।’ उनले थप्दै भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

Leave a Reply