\
मुख्य समाचारराजनीति

राष्ट्रियसभाको बैठक पनि सर्यो, आजै अपराह्न ४.३० बजे बस्ने

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक पनि सरेको छ । आज अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक आजै अपराह्न ४.३० बजे बस्ने भएको हो ।

संघीय संसदका महासचीव पद्म प्रसाद पाण्डेयले केही समयअघि एक सूचना सार्वजनिक गर्दै यसअघि आज अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) को बमोजिम अध्यक्ष नारायण दाहालले आजै अपराह्न ४:३० बजे बैठक बस्ने गरी निर्धारण गरेको जानकारी दिएका हुन् ।

यस्तै यसअघि आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिनको ४ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना

यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना

Leave a Reply