\
मुख्य समाचारराजनीति

नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीक विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख राजनीतिक दलका मुख्य वा प्रमुख सचेतक, सचेतकलाई बैठकमा बोलाएका हुन् ।

Leave a Reply