राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन् ।
हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति