\
राजनीति

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।

Leave a Reply