\
मुख्य समाचारराजनीति

प्रधानमन्त्रीसँग कतारका विदेश राज्यमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदान-प्रदान भएको थियो ।

Leave a Reply