\
राजनीतिहेडलाइन

महरापुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतिय चुरोट (भेप) मा करिव ९ किलो सुन लुकाएर तस्करी गरेको प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट ५ दिनको म्याद पाएको हो ।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले १० दिन समय मागेकोमा अदालतले ५ दिन मात्र दिएको हो । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ ।

Leave a Reply