\
मुख्य समाचारराजनीति

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका हुन् ।

यस्तै आज बसेको मन्त्रिपरिषद बैठकले सरकारले राजनीतिक परिवर्तनमा गीत सङ्गीतका माध्यमबाट सहयोग पुर्याएका प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । निधन भएको २ वर्षपछि सरकारले उनलाई सो उपाधि दिएको हो ।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Leave a Reply