चार दलीय समाजवादी मोर्चाको बैठक सुरु
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान सुरु भएको छ । समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान विहान ८ बजेदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।
हिजो साँझ बस्ने भनिएको बैठक आज बस्नेगरी स्थगित भएको थियो । आज सुरु भएको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको सरेको बैठक हिजोको लागि बोलाइएको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि आज दोस्रो बैठक बस्ने भएको हो ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।