\
मुख्य समाचारराजनीति

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक जारी रहेको हो ।

आज बिहान ९ बजेदेखि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरोध जारी रहेका बेला गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा संसद्‌को गतिरोध हटाउन, ललिता निवास प्रकरण तथा सुन तस्करी प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ । एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी लगातार संसद्‌मा अवरोध गर्दै आएको छ ।

Leave a Reply