\
राजनीति

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२ः३० बजे बैठक सुरु भएको हो ।

Leave a Reply