\
कोशी प्रदेशराजनीति

कोशीमा मन्त्रालयको भागबण्डा मिलाउन मुख्यमन्त्रीको शपथ अपराह्न ५ बजे सारियो

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ आज अपराह्न ५ बजे हुने भएको छ । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ आज बुधबार बिहान १०ः३० बजे हुने बताइएको थियो ।

राजनीतिक दलहरुबीच मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि आज बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण अपराह्न ५ बजे सारिएको हो ।

कोशीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख परशुराम खापुङले थापालाई हिजो मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक जना गरी ४७ जना सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

Leave a Reply