\
कोशी प्रदेशराजनीतिहेडलाइन

उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले कोशी प्रदेशमा थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

गठबन्धनको बैठकमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी भएको हो । नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको बताए ।

कोशी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको उनले बताए । बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको उनले जानकारी दिए ।

Leave a Reply