\
राजनीतिहेडलाइन

आमा र प्रधानमन्त्रीले नराम्रो काम नगर्नु भनेका छन् : मन्त्री किराती

काठमाडौँ । नराम्रो काम नगर्दा आफुमाथि प्रायोजित प्रचार गरिएको सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । मन्त्रालय हेरफेर तथा मन्त्रीबाट फिर्ता बोलाइने हल्लाप्रति लक्षित गर्दै मन्त्री किरातीले त्यस्को कटाक्ष गरेका हुन् ।

आज शनिबार काठमाण्डौँको तिन कुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने, “मलाई आमाले सानोमा गलत काम नगर्नु भनेर अर्ती दिएका छन् । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिएका छन् ।’

उनले थप्दै भने, ‘आमाको उपदेश र प्रधानमन्त्री ज्युको निर्देशन मेरो जिवन दर्शन बनेको छ । आमा र प्रधानमन्त्रीको कसमबाट म विमुख हुनेछैन । मेरो आमा जन्माउने देश र जनतलाई धोका दिने काम नगर्दा मेरो मन्त्री पदको सौदा बाजी गर्छन् भने हेक्का रहोस म एकालव्वेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुलि कुरा हो । गलत अफवाहको खेति गरेर न हिड्न मेरो अनुरोध छ अन्यथा केवल आगोको ज्वलामा खेल्न आएको पुतलिको हविगत शिवाय अरु केहि हुने छैन ।’

मन्त्री किरातीले शनिबार स्वायम्भु सरसफाई अभियान समेत सञ्चालन गरेका छन् । यसअघि तिन महिने पशुपति सरसफाई र एकदिन बौद्धनाथमा समेत सरसफाई गरेका छन् । सम्पदा सरसफाई अभियान अन्तर्गत निरन्तर प्रत्येक शनिबार सरसफाई विभिन्न सम्पदा सरसफाई गर्ने योजना रहेको छ ।

Leave a Reply