\
मुख्य समाचारराजनीति

प्रतिनिधिसभाको अवरोध खुल्यो, विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ । सभामुख देवराज घिमिरेले विगतमा स्वास्थ्य सामाग्री खरि र पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा प्रमुख प्रतिपक्षी दलको नेताको नाम जोडेर आएको अभिव्यक्तीलाई हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए पछि हिजो देखि अबरुद्ध बैठक शुचारु भएको हो ।

सभामुखको रुलिङ भन्दा अगाडि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने काम पशुपति क्षेत्र विकास कोषले गरेको र सो जलहरीको बिषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयागले समेत छानबिन र अनुसन्धान गरिरहेका बखतमा प्रतिपक्षी दलका नेताको नाम जोडेर कुरा आउनु ठिक नभएको भनी प्रष्टिकरण दिएका थिए ।

प्रधानमन्त्री दाहालले अख्तियारले गर्ने छानबिनमा सरकारले सक्दो सहयोग गर्ने बताउँदै सदनमा व्यक्त भएको विवादित अभिव्यक्तीलाई हटाउने प्रचलन पनि भएको र यसको बिषयमा आफ्नो नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफको क्रममा थप प्रष्ट पार्ने समेत बताएका थिए ।

प्रतिनिधि सभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले आशन ग्रहण नगरी उभिएर विरोध जनाए पछि सभामुख घिमिरेले हिजो देखि अबरुद्ध सदनको बिषयमा प्रधानमन्त्रीले प्रष्टिकरण दिन समय मागेको बारेमा सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधि सभाको यही जेठ १० गतेको बैठकमा चलेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै आफ्नो अभिव्यक्ती राख्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले विगतमा पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुनको सट्टामा पित्तल प्रयोग भ्रष्टाचार भएको घटनामा नेकपा(एमाले)का संसदीय दलका नेता केपी ओलीको नाम जोडेर अभिव्यक्ती दिएका थिए ।

सोही बिषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले हिजोको प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेका थिए ।

Leave a Reply