\
मुख्य समाचारराजनीति

भ्रष्टाचारविरुद्ध राप्रपाले आज काठमाडौंमा विरोधसभा गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै छ । राप्रपाले आज दिउँसो काठमाडौंको वसन्तपुरमा भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको हो ।

राप्रपाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply