संवैधानिक परिषदको बैठक भोलि साँझ बस्ने
काठमाडौं । संवैधानिक परिषद्को बैठक भोलि बस्ने भएको छ । संवैधानिक परिषदको बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच हिजो शनिबार दिउँसो सिंहदरवारमा भएको छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकले टुंगोमा पुग्न सकेको थिएन । यसअघिको बैठकमा एमाले अध्यक्ष ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान राखेका थिए ।
संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था रहेको छ । सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।