\
कर्णाली प्रदेशमुख्य समाचारराजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले मागे तेस्रोपटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेशसभामा तेस्रोपटक विश्वासको मत मागेका हुन् ।

प्रदेशसभाको १४औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् । कर्णाली प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई विश्वासको मत मागेका हुन् ।

यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए । प्रदेश सरकारको काम कारबाहीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले सोको कार्यान्वयन देखिन थालेको उनले दावी गरे ।

Leave a Reply