\
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका डिल्ली चौधरीद्वारा दाबी पेस

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादु चौधरीले आज दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता चौधरीले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्य चुनिएका चौधरीलाई कांग्रेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको हो ।

यसअघि लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि हिजो स्वतः पदमुक्त भएका थिए । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

Leave a Reply