\
मुख्य समाचारराजनीति

सभामुख निवास बालुवाटारमा तीन दल शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ । सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन् । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका छन् ।

बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल जारी रहेको हो । सभामुख देवराज घिमिरेको सक्रियतामा दलहरुबीच छलफल सुरु भएको हो ।

Leave a Reply