जनमत पार्टीका केन्द्रीय सदस्य मधेशी मिटरब्याजको आरोपमा पक्राउ
काठमाडौँ । मिटरब्याजको आरोपमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । आज सोमबार बिहान सप्तरीको राजविराजबाट प्रहरीले मधेशीलाई पक्राउ गरेको हो ।
जनमत पार्टीको संस्थापक सदस्य समेत मधेशीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो । सरकारी वार्ता टोली र मिटर व्याज पीडितहरु बीच शनिबार गृह मन्त्रालयमा ५ बुँदे सहमति भएको थियो ।
गृहमन्त्री श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित हिजो आइतबार बिदाइ गरेका थिए । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्किएका थिए भने अर्को टोली आज काठमाडौँ आइपुगेको छ ।