माओवादीका कुशवाहा जनमतमा प्रवेश, सिके राउतले गरे स्वागत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन् । उनी आजै जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
आगामी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने पक्का भएको छ । सो क्रममा कुशवाहले आफूलाई माओवादी पार्टीभित्र सधैं अन्याय गरिएको गुनासोसमेत पोखे ।
कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए । ०७९ को मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।