सत्ता गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथ अघि बढ्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए । अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या समाधानमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।