\
मुख्य समाचारराजनीति

माओवादी धारका नेताहरूले गर्ने भनिएको अन्तर्क्रिया स्थगित

काठमाडौँ । माओवादी धारका नेताहरूले नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग आज गर्ने भनिएको अन्तर्क्रिया स्थगित गरिएको छ । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गर्न लागेका थिए ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएतापनि कारण भने खुलाएको छैन ।

माओवादी घटकहरुले आज द्वन्द्वकालीन घटनाको विषयमा शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग संयुक्त अन्तर्क्रिया गर्न लागेका थिए । गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा नागरिक बुद्धिजीवीहरूसँग छलफल, अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन सम्पन्न गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तर्क्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी रहेको थियो ।

Leave a Reply