सत्ता गठबन्धनबाट तीन जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट तीन जनाले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दिने भएका छन् । गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न नसकेपछि तीन जनाले उम्मेदवारी दिने भएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठन्धनको तर्फबाट साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको हो । गठबन्धनमा सहमति नजुटेपछि उपपराष्ट्रपतिमा दुई जना महिला र एक जना पुरुष उम्मेदवार बन्ने भएका हुन् ।
गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट एक जना महिला र जनता समाजवादी पार्टीबाट एक जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिने भएका हुन् । गठबन्धनबाट जनमत पार्टीबाट ममता झा तथा जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका हुन् ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।
यो पनि पढ्नुहोस्
जसपाले बोलायो कार्यकारिणी समितिको आकस्मिक बैठक
गठबन्धनमा जुटेन सहमति : जसपा र जनमतले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
एमालेको निर्णय : अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने