\
मुख्य समाचारराजनीति

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा एमालेको सचिवालय बैठक जारी रहेको हो ।

जारी बैठकमा मुख्यत: उपराष्ट्रपति निर्वाचन बिषयमा निर्णय हुनुको साथै समसामयिक राजनीतिकका विषयमा पनि छलफल भइरहेको छ । आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने कार्यतालिका रहेको छ ।

यसैगरी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो ।

Leave a Reply